Kathmandu Press

संघीयता बलियो भए मात्रै गणतन्त्र बलियो हुन्छ : डा.कोइराला

विराटनगर, पुस २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संघीयता बलियो भएमात्रै गणतन्त्र बलियो हुने बताएका छन्।

मंगलबार बिहान ....

संघीयता बलियो भए मात्रै गणतन्त्र बलियो हुन्छ : डा.कोइराला

विराटनगर, पुस २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संघीयता बलियो भएमात्रै गणतन्त्र बलियो हुने बताएका छन्।

मंगलबार बिहान विराटनगरस्थित आफ्नै निवासमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए। संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय सदस्य डा.कोइरालाले गणतन्त्र बलियो बनाउन संघीयता बलियो हुनुपर्ने बताए। ‘सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो हुन्छ,’ उनले भने। यसका लागि सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

कार्यकर्ता भेटघाटका क्रममा उनले राष्ट्रिय सभा उम्मेदावरसँग पनि छलफल गरेका छन्।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रदेश १ मा महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ निवासी ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ निवासी ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुलातर्फ झापा भद्रपुर नगरपालिका–८ निवासी ५८ वर्षीय राजेन्द्र घिमिरे उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: ११:०४ बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्