Kathmandu Press

रियल म्याड्रिडलाई बार्सिलोनाले हरायो

एडर मिलिसाओले आत्मघाती गोल गरेपछि ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।  
रियल म्याड्रिडलाई बार्सिलोनाले हरायो

काठमाडौं, फागुन १९ : स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराएको छ।

एडर मिलिसाओले आत्मघाती गोल गरेपछि ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।  सान्टियागो बर्नबेउमा बिहीबार राति खेलको २६ औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका थिए। पाब्लो गाभीको पासमा फ्रान्क केसीको प्रहार मिलिसाओलाई लाग्दै गोलमा परिणत भएका थियो। 

एक गोलले पछि परेको घरेलु टोली रियलले त्यसपछि ६५ प्रतिशत बल पोसेसन राख्दै क्याटलान क्लब बार्सिलोनामाथि दवाव बढाए पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ। 

रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ। दोस्रो लेग आगामी अप्रिल ५ मा हुनेछ ।

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्