सातदोबाटो युथ क्लब र रोयल ब्लुबीच मुख्य प्रायोजककाे रूपमा सम्झाैता

काठमाडाैं, फागुन १८ : सातदोबाटो युथ क्लबले रोयल ब्लुसँग मुख्य प्रयोजकको रुपमा सम्झौता गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातदोबाटोले रोयल ब्लुलाई मुख्य प्रायोजकको रुपमा सार्वजनिक गरेको हो ।
सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर र सागर डिस्टिलरीका हेड अफ ब्राण्ड रितिक शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे । ए डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटोले क्लबको मुख्य प्रायोजकको रुपमा रोयल ब्लुसँग सम्झौता गरेको हो । सम्झौताको अवधि एक वर्षको रहेको बताइएको छ ।
मुख्य प्रायोजकको रुपमा रोयल ब्लुलाई क्लबको जर्सी, खेल मैदान, क्लबका समाजिक कार्यक्रम र विभिन्न प्रचारात्मक कार्यक्रममा स्थान दिने क्लबका अध्यक्ष मगरले जानकारी दिएको छ ।
प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











