‘पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध’
काठमाडौं, पुस २९ : उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताइएको छ ।
....
काठमाडौं, पुस २९ : उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताइएको छ ।
ठमेल पर्यटन परिषद्ले महानगरीय प्रहरी वृत्त दरबारमार्ग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका नयाँ प्रहरी प्रमुखको स्वागतमा आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन ठमेल क्षेत्रको सुरक्षालाई मजबुद बनाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले ठमेल क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्ने बताए ।
“ठमेलभित्रको सुरक्षा चुनौतीलाई समाधान गर्न परिषद्को साथ सहयोग प्रहरीलाई आवश्यक छ,” उनले भने । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपालीले मुलुकको आर्थिक मेरुदण्डको आधार मानिएको पर्यटन क्षेत्रको सुरक्षाका लागि पर्यटक प्रहरीले सहयोग गर्ने बताए । ठमेल पर्यटन परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए ।
उक्त अवसरमा वृत्त दरबारमार्गबाट सरुवा भएर गएका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपबाट सरुवा भएका अमृतबहादुर बस्नेत र ट्राफिक प्रभाग ठमेलबाट सरुवा हुनुभएका प्रहरी नायब निरीक्षक धर्मराज घिमिरेलाई बिदाइ समेत गरिएको थियो ।
जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’
ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्दा पैदलयात्रुको मृत्यु हुन थालेपछि दुर्घटनालाई घटाउन ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना नगरी बाटो काट्ने पैदलयात्रुलाई २० मिनेटको कक्षा सञ्चालन गरिएको जानकारी दिए । “सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउँछौँ, यात्रुको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका छौँ,”–उनले भने ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


