युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ युएईले निधारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनायो।
काठमाडाैं, फागुन १८ : लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ मद्दतमा आईसिसी विश्वकप लिग–२ को खेलमा युएईले नेपालाई २०८ रनको मध्यम लक्ष्य दिएको छ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ युएईले निधारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनायो।
युएइृका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाए। उनले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै अनुभवी खेलाडी रोहन मुस्तफाले नटआउट अर्धशतक बनाए। उनले ७६ बलमा २ चौका प्रहार गर्दै ५२ रन बनाए।
यस्तै, आर्यन लाक्राले २८, कप्तान चुन्दनगापोली रिजवानले २२ र भृत्य अरविन्दले १८ रनको योगदान दिए।
नेपालका लागि यसै खेलमार्फत टिममा फर्किएका सन्दीपले १० ओभरमा १७ रन मात्र खर्चेर ३ विकट लिए। यस्तै, कुशल मल्ल, आरिफ सेख र करण केसीले समान १ विकेट लिए।
प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











