Kathmandu Press

भारतमा प्रत्येक १५ मिनेटमा एउटी महिलाको बलात्कार

सन् २०१२ मा भारतमा बसभित्र एउटी महिलाको सामुहिक बलात्कारपछि हत्या भएको समाचारले निकै चर्चा पायो। दशौं हजार सडकमा ओर्लिए। कडा सजाय र नयाँ फास्टट्रयाक अदालतका लागि फिल्म....

भारतमा प्रत्येक १५ मिनेटमा एउटी महिलाको बलात्कार

सन् २०१२ मा भारतमा बसभित्र एउटी महिलाको सामुहिक बलात्कारपछि हत्या भएको समाचारले निकै चर्चा पायो। दशौं हजार सडकमा ओर्लिए। कडा सजाय र नयाँ फास्टट्रयाक अदालतका लागि फिल्मस्टार र राजनेताबाट पहल हुनुपर्ने माग पनि भयो। तर त्यसयता पनि हिंसा रत्तिभर कम भएको छैन।

सन् २०१८ मा महिलाले झण्डै ३४ हजार बलात्कारका उजुरी गरे। तर त्यसमा पनि अघिल्लो वर्षको तुलनामा खासै परिवर्तन देखिएन। गृह मन्त्रालयले सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदन अनुसार ८५ प्रतिशतलाई अभियोग लगाइयो भने २७ प्रतिशत मात्रै दोषी करार भए।

Hardik ivf

महिला विरूद्ध हुने अपराधलाई प्रायः गम्भीर रूपमा नलिने र असंवेदनशील प्रहरीले घटनाको अनुसन्धान गर्ने गरेको महिला अधिकारवादी समुहले आरोप लगाउँदै आएका छन्।

“देशलाई अझै पनि पुरूषले नै चलाइरहेका छन्। एक जना इन्दिरा गान्धीले परिवर्तन ल्याउन सक्दैनन्। अधिकांश न्यायाधिश पुरूष नै छन्,” राष्ट्रिय महिला आयोगकी पूर्व प्रमुख ललिता कुमारामंगलमले भनिन्, “देशमा थोरै फोरेन्सिक ल्याब छन्। फास्ट ट्रयाक अदालतमा थोरै मात्र न्यायाधिश छन् ।” 

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) की सदस्य समेत रहेकी कुमारामंगलमले महिलाहरुको अवस्था निकै नाजुक रहेको मेत बताईन । सन् २०१७ मा भाजपाकै पूर्व विधायक कुलदीप सिंह सेनगरले एक किशोरीको बलात्कार गरेको घटनामा पुरै देशको ध्‍यानाकर्षण भयो। अर्को वारेष प्रहरीले काम नगरेको भन्दै पीडितले आत्महत्याको प्रयास गरिन्। सेनगरलाई डिसेम्बरमा दोषी करार गरियो। तर पाँच महिनाअघि पीडितको परिवारलाई सुरक्षा दिनुपरेको थियो। पीडित किशोरी सवार कारलाई एउटा ट्रकले ठक्कर दिदाँ दुई जना आफन्तको मृत्यु भयो। घटनामा पीडित घाइते भइन्।

बेङ्गलुरूले सन् २०१५ मा सेनृटर फर ल एन्ड पोलिसी रिसर्चले गरेको एउटा अध्ययन अनुसार फास्ट ट्रयाक अदालत छिटो भए पनि ठूलो परिमाणका मुद्दा व्यवस्थापन गर्न सकेको छैन।

सन् २०१६ मा नयाँ दिल्लीस्थित पार्टनर्स फर ल इन डिभेलोप्मेन्टले गरेको अध्ययनमा ती अदालतले एउटा मुद्दाको फैसला गर्न साढे आठ महिना लगाएको पत्ता लाग्यो। सिफारिश गरिएको अवधिभन्दा यो चार गुणा धेरै हो।

सरकारी तथ्याङ्कमा बलात्कारको संख्या कमै मात्र उल्लेख हुन्छ। भारतका केहि भागमा बलात्कारको उजुरी गर्नु सामाजिक रूपमा उचित मानिदैंन। साथै, बलात्कारपछि भएको हत्यालाई हत्याकै रूपमा हेरिन्छ। रिपोर्टका अनुसार भारतमा प्रत्येक १५ मिनेटमा एक जना महिला बलात्किृत हुन्छन्।
रोयटर्स

प्रकाशित मिति: ०६:५३ बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्