एफए कपको अन्तिम आठमा म्यानचेस्टर युनाइटेड
खेलको अन्तिम मिनेटमा एलेजान्ड्रो गारन्चाले युनाइटेडलाई पहिलो पल्ट अग्रता दिलाएपछि इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रेडले तेस्रो गोल थपे ।
काठमाडौं, फागुन १८ : म्यानचेस्टर युनाइटेडले एफएकपको अन्तिम आठको याक्रा तय गर्ने त्रममा वेस्ट ह्यामलाई ३–१ ले हराएको छ । बुधबार राती भएको खेलमा युनाइटेडले एक गोलले पछाडि रहेको स्थितिमा ओल्ड ट्रायफोर्डमा जित निकालेको हो ।
खेलको अन्तिम मिनेटमा एलेजान्ड्रो गारन्चाले युनाइटेडलाई पहिलो पल्ट अग्रता दिलाएपछि इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रेडले तेस्रो गोल थपे ।
बुधबारका खेलबाट क्वाटरफाइनल पुग्ने अन्य टिममा सेफिल्ड युनाइटेड पनि रह्यो । उसले टोटनहमलाई १–० ले हरायो र त्यसमा जर्ज बाल्डकले निर्णायक गोल गरे ।
प्रकाशित मिति: ०८:५३ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार