भाटभटेनी सुपर स्टोरले २२ करोड ६६ लाख कर छलेको सर्वोच्चको ठहर
काठमाडौं, पुस २८ : सर्वोच्च अदालतले सपिङ जाइन्ट भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल खडा गरेर कर छलेको ठहर गरेको छ।
सोमबार प्रधानन....

काठमाडौं, पुस २८ : सर्वोच्च अदालतले सपिङ जाइन्ट भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल खडा गरेर कर छलेको ठहर गरेको छ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको सयुक्त इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स सहितका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको हो। यसअघि राजस्व न्यायाधीकरणले पनि उक्त कम्पनीले नक्कली भ्ोयट विल प्रयोग गरेर कर छलि गरेको फैसला गरेको थियो।
फैसलामा शंकर अक्सिजन ग्यास प्रालि र एआईटी प्रालिले पनि नक्कली बिल प्रयोग गरेर राजस्व छलेको ठहर गरिएको छ ।
सर्वोच्चले पुस २० गतेदेखि यी मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाई गरेको हो। सर्वोच्चको फैसलापछि व्यवसायीहरुले कर प्रशासनले निर्धारण गरेको कर तिर्नुपर्ने भएको छ । भाटभटेनी सुपरस्टोरले २०६४ देखि २०६७ सालसम्म २२ करोड ६६ लाख रुपैयाँ कर छली गरेको भन्दै कर प्रशासनले संशोधित कर निर्धारण गरेको थियो ।











