Kathmandu Press

रङ्गशालाका लागि महायज्ञ लगाउँदै धुर्मुस-सुन्तली

चितवन, पुस २८ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन महायज्ञ लगाइने भएको छ।

आगामी माघ १९ गतेदेखि २६ गतेसम्....

रङ्गशालाका लागि महायज्ञ लगाउँदै धुर्मुस-सुन्तली

चितवन, पुस २८ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन महायज्ञ लगाइने भएको छ।

आगामी माघ १९ गतेदेखि २६ गतेसम्म चितवनमा धान्याञ्चल महायज्ञ लगाउन लागिएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ। पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माण भइरहेको छ।

महायज्ञ आयोजनाका लागि तयारी समिति गठन गरिएको छ। प्रदेश सभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ।

महायज्ञबाट ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले बताए। उनका अनुसार, महायज्ञमा मूल वाचक पण्डित दिनबन्धु पोख्रेल रहनेछन्। रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइनेछ।

अहिले रङ्गशाला निर्माणको काम भइरहेको छ। सबैको सहयोगमा निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए। मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गर्ने तयारी भइरहेको उनले बताए।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ। मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले बताए।

रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन्। तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन। रङ्गशाला सम्पन्न भएपछि त्यो ठाउँमा पार्किङ हुनेछ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ। रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएको छ ।

रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: १४:११ बजे, सोमबार, पुस २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्