युवकको हत्यापछि अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन
जनकपुरधाम, पुस २८ : युवकको हत्यापछि प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका....

जनकपुरधाम, पुस २८ : युवकको हत्यापछि प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो। त्यहिअनुसार, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।
अवैध उत्खनन्को विरोध गर्द शुक्रबार धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको थियो। त्यसपछि प्रदेश सरकारले कडाइ गर्न सुरू गरेको हो।
गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन पत्राचार गरिएको मन्त्री यादवले बताए। यो कार्य तत्कालै सुरू गर्न निर्देशन दिइएको छ।
अहिले स्थानीय तहको सिफारिशमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले क्रसर उद्योगलाई स्वीकृत दिने गरेको छ। नदीहरुमा स्थानीय तहले ठेक्का लगाउने गरेको छ।
गाउँनजिकैको खोलामा वालुवा, गिट्टी उत्खनन्को विरोध गर्दा दिलीपको हत्इा गरिएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा क्रसर व्यवसायी २७ वर्षीय विपिन महतो, टिप्पर चालक महोत्तरीको बर्दिवास नगरपालिका–९ का ३४ वर्षीय मुनिन्द्र महतो, लोडर चालक बर्दिवास–२ का २४ वर्षीय जितेन्द्रकुमार महतो र धनुषाको मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशन यादवलाई पक्राउ गरिएको छ।
उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


