एम्बुलेन्समा गएका प्रहरीद्वारा विप्लव नेता पक्राउ
घोराही, पुस २८ : बिरामी बनेर एम्बुलेन्समा गएको प्रहरीको टोलीले नेक्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई पक्राउ गरेको छ।
....
घोराही, पुस २८ : बिरामी बनेर एम्बुलेन्समा गएको प्रहरीको टोलीले नेक्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई पक्राउ गरेको छ।
सोमबार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरेको हो।
उनलाई तुलसीपुर उपमहानगरपालिका–९ शिवपुर गहतेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको टोली सादा पोशाकमा गएको थियो। उनले विभिन्न संस्था तथा व्यापारीबाट चन्दा असुल्ने गरेको प्रहरीको आरोप छ।
यस अघि प्रहरीले दाङबाट विप्लवका २१ जना नेता–कार्यकर्ता पक्राउ गरेको थियो। त्यसयता पाण्डेले नै दाङमा राजनीतिक गतिविध सञ्चालन गर्दै आएको छ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


