ओलम्पिक छनोटको बन्द प्रशिक्षणका लागि महिला फुटबल टिमको घोषणा
बन्द प्रशिक्षण आगामी शुक्रबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एअखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
काठमाडाैं, फागुन १५ : सन् २०२४मा फ्रान्सको पेरिसमा हुने ओलम्पिकको महिला फुटबलको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक अनन्त थापाले सोमाबार साँझ ३५ जनालाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
मुख्य प्रशिक्षक थापाले अघिल्लो साता भारतसँग मैत्रीपूर्ण खेल खेलेको टिमलाई नै बन्द प्रशिक्षणमा समेटेका छन्। ओलम्पिक छनोटकै तयारीका लागि नेपालले भारतसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेल बराबरीमा सकिएको थियो।
बन्द प्रशिक्षण आगामी शुक्रबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एअखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
ओलम्पिकको एसिया छनोटमा नेपाल समूह सीमा छ। यो समूहको खेल नेपालमै अप्रिल ३ देखि ११ सम्म आयोजना हुने छ। नेपालस, भियतनाम र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल अफगानिस्तानसँग अप्रिल ८ खेल्नेछ भने दोस्रो खेल भियतनामसँग अप्रिल ११ मा खेल्नेछ ।
प्रारम्भिक टोली : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैसी, हिरा कुमारी भुजेल, निशा थोकर, समिक्षा थोकर, प्रिति राई, अनिता बस्नेत, अनिता केसी, बिमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सबिता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिसा कार्की, रश्मि कुमारी धिसिङ, रेखा पौडेल, रजनी थोकर, पुजा राना, दिपा न्यौपाने, सरस्वती अयेर, सरस्वती हमाल, अन्चली वाइबा, सृजना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमार योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य ।











