Kathmandu Press

दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

जनकपुर, पुस २८ : वालुवा, गिट्टी उत्खनन्को विरोध गर्दा हत्या गरिएका दिलीपकुमार महोतोको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख सहयोग दिने भएको छ।

दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

जनकपुर, पुस २८ : वालुवा, गिट्टी उत्खनन्को विरोध गर्दा हत्या गरिएका दिलीपकुमार महोतोको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख सहयोग दिने भएको छ।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खननको विरोध गर्दा दिलीपको हत्या गरिएको थियो। उनको परिवारलाई सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेको हो।

सोमबार बिहान प्रदेश मन्त्रिपरिषदको बैठक बसेको थियो। बैठकले सहयोग स्वरुप पाँच लाख दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।

२४ वर्षीय दिलीपको शुक्रबार बिहान टिप्परले किचेर हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

 

प्रकाशित मिति: १२:२० बजे, सोमबार, पुस २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्