Kathmandu Press

केपी ओली कप : मछिन्द्र र सातदोबाटो उपाधिका लागि भिड्ने

सोमबार भएको सेमिफाइनलमा मछिन्द्रले केपीओली एफसी र सातदोवाटोले आर्मीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
केपी ओली कप : मछिन्द्र र सातदोबाटो उपाधिका लागि भिड्ने

काठमाडाैं, फागुन १५ : केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधिका लागि मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुने भएको छ।

सोमबार भएको सेमिफाइनलमा मछिन्द्रले केपीओली एफसी र सातदोवाटोले आर्मीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई मछिन्द्रले १–० गोल अन्तरले पराजित गरेको हो।  मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे। विमलले खेलको १९ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै सोमबार नै भएको पहिलो सेमिफाइनलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। फाइनल खेल बुधबार हुनेछ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद प्राप्त गर्ने छन्। उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्