फुटबल लिगको मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङको अधिकार एमडिएससीलाई
एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो।
काठमाडाैं, फागुन १५ : सहिद स्मारक ए, बी र सी डिभिजन लिगको शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडिएससी स्पोर्ट्स प्रालि गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार एमडीएससीले प्राप्त गरेको जनाएको छ। एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो।
एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सहिद स्मारक ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्सको खेल मैदानमा डबल राउन्ड रोबिनको आधारमा हुनेछ।











