Kathmandu Press

बिहानी टुँडिखेलमा बिझाइरहेका काँडेतार (तस्बीरहरू)

काठमाडौं, पुस २८ : काठमाडौंको केन्द्र टुँडिखेलमा झिसमिसेमै स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्नेगर्छन, मर्निङवाकमा। तर, त्यहाँका काँडेतार ....

बिहानी टुँडिखेलमा बिझाइरहेका काँडेतार (तस्बीरहरू)
रिवाज राई

काठमाडौं, पुस २८ : काठमाडौंको केन्द्र टुँडिखेलमा झिसमिसेमै स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्नेगर्छन, मर्निङवाकमा। तर, त्यहाँका काँडेतार भने बिझाइरहने गरेका छन्।

उपत्यकाकै मध्यभागमा रहेको खुला ठाउँ च्यापिँदै गएको छ। तथापि बिहान टुँडिखेल पुग्ने सर्वसाधारण थोरै भएपनि राहत पाउने गरेका छन्।

टुँडिखेलमा बेरिएका काँडेतारले भने खुल्ला टुँडिखेललाई विभाजित गरिरहेको देखिन्छ। जकिङमा निस्केका बृद्धबृद्धा, मर्निङ वाकमा निस्केका युवायुवती, खेल्न निस्केका किशोरकिशोरी तथा बालबालिका खुम्चिएको टुँडिखेलमा ‘एडजस्टड’ गरिरहेका देखिन्छन्।

अहिले टुँडिखेललाई खुल्ला पार्ने अभियान चलिरहेको छ। अक्युपाई टुँडिखेल अभियानमार्फत यसलाई पहिलेकै स्वरुपमा ल्याउन नागरिकस्तरबाट प्रयास भइरहेका छन्।

पुस २८ बिहानका टुँडिखेलका केही दृश्य :

 

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, पुस २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्