Kathmandu Press

यु-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

पहिला ब्याटिङ गर्दै हङकङले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए। उनले ७२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
यु-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडाैं, फागुन १५ : युएईमा जारी आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लागतार तेस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार चौथो जित निकाल्ने क्रममा नेपालले हङकङलाई ९ विकेटले हरायो। 

पहिला ब्याटिङ गर्दै हङकङले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए। उनले ७२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, उत्तम थापामगरले ५० बलमा नटआउट ३९ रन बनाउँदा अर्जुन कुमालले १६ रन बनाए। हङकङका ड्यानिअल मोर्गनले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा १२०मा अलआउट भयो। उसका लागि पर्थ भागवातले सर्वाधिक ३६ रन बनाए भने मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ९ ओभरमा ३ मेडनसहित ३७ रन खर्चिए। यस्तनै, आकाश चन्द र सुवास भण्डारीले समान २ विकेट लिए। निकै किफायति बलिङ गरेका दीपेशले १० ओभरमा ३ मेडनसहित १७ रन मात्र खर्चेर १ विकेट लिए।

लागतार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। तीन खेल नै जितेको युएई रन रेटका आधारमा शीर्ष स्थानमा छ।

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्