पिएनजीले दियो नेपाललाई २०४ रनको लक्ष्य

काठमाडाैं, फागुन १५ : नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि आईसिसी विश्वकप लिग २ को खेलमा पिएसजीले २०४ रनको लक्ष्य दिएको छ।
पहिला ब्यटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनायो।
सुरुआतदेखि नै नेपाली बलरले पपुवा न्युगिनीलाई दबाबमा राखेका थिए। तर, इनिङको अन्त्यतिर नर्मन भानुवाले उत्कृष्ट ब्याटिङ गरेपछि पिएनजीले २ सय रनको आँकडा पार गरेको हो।
पपुवा न्युगिनीका लागि चाड सुपरले सर्वाधिक रन बनाए । यस्तै, कप्तान अदल भालाले ५३ बलमा ३६ रन बनाउँदा किप्लिन डोरिगाले २९ र नर्मन भानुआले १५ बलमा २५ रनको योगदान दिए।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए। यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १ विकेट लिए।
प्रकाशित मिति: १५:२१ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











