सातदोबाटो युथ क्लब केपी ओली कप फुटबलको फाइनलमा
एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।
काठमाडाैं, फागुन १५ : सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।
निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे। आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे।
अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रकाशित मिति: १३:४७ बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











