Kathmandu Press

अपहरण मुद्दाका कैदी भागेपछि कर्मचारी पक्राउ

गौर, पुस २८ : अपहरण मुद्दाका कैदी भागेपछि कारागारका कर्मचारीलाई पक्राउ गरिएको छ। कैदी भगाएको आरोपमा कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय र....

अपहरण मुद्दाका कैदी भागेपछि कर्मचारी पक्राउ

गौर, पुस २८ : अपहरण मुद्दाका कैदी भागेपछि कारागारका कर्मचारीलाई पक्राउ गरिएको छ। कैदी भगाएको आरोपमा कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आइतबार राति वृन्दवन नगरपालीका–२ का २७ वर्षीय अशोक यादव कारगाराबाट भागेका हुन्। उनलाई बालक अपहरण मुद्दामा जिल्ला अदालतले १५ वर्ष कैद सुनाएको थियो।

तीन वर्षदेखि जेल जीवन बिताइरहेका उनलाई आइतबार राति कैदी गन्ने क्रममा भगाएको प्रहरीको आशंका छ।  उनलाई भगाएको आरोपमा कारगारका कार्यालय सहायक एकरामुल हकलाई पक्राउ गरिएको हो।

उनले मिलेमतोमा भगाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए। उनले भने, ‘घटना प्रकृति हेर्दा कर्मचारीकै मिलेमतो भएको देखिन्छ।’ त्यस्तै, कैदी भाग्ने बेला सेन्ट्रीमा रहेका प्रहरीलाई पनि निलम्बन गरिएको उनले बताए।

प्रत्येक दिन राति कारागारका कर्मचारीले कैदीको संख्या गनेर प्रहरीलाई रिपोर्टिङ गर्छन्। आइतबार पनि कैदी गणना गरेपछि कारागारको मुख्य गेटमा ताला लगाएका थिएनन्। त्यहीवेला विद्युत आपूर्ति बन्द भएको जनाएको छ।

भागेका कैदी यादवलाई विद्युतसम्बन्धी ज्ञान थियो। उनले नै विद्युत लाइन बन्द गरेको हुन सक्ने प्रहरीको अनुमान छ। उनको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति: १०:१६ बजे, सोमबार, पुस २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्