विश्वकप लिग २ मा नेपाल आज पीएनजीसँग खेल्दै
नेपालले गत साता काठमाडौंको कीर्तिपुरमा भएको शृंखला क्लिन स्विप गरेको थियो । त्रिकोणात्मक एकदिवसीय सिरिजमाथि क्लिन स्विप गरेको नेपाली टोली उच्च मनोबलका साथ युएईको भ्रमणमा छ ।
काठमाडौं, फागुन १५ : यूएईमा आजदेखि सुरु हुने विश्वकप लिग २ त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।
नेपालले गत साता काठमाडौंको कीर्तिपुरमा भएको शृंखला क्लिन स्विप गरेको थियो । त्रिकोणात्मक एकदिवसीय सिरिजमाथि क्लिन स्विप गरेको नेपाली टोली उच्च मनोबलका साथ युएईको भ्रमणमा छ ।
विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा युएई र नेपालले दाबेदारी दिने प्रयास गर्नेछन् । नेपाल र युएईएले समान २८ खेल खेलिसकेका छन् । युएई २९ अंकका साथ पाँचौँ स्थानमा छ ।
नेपालले समान खेलबाट २६ अंक जोडेर लिगको छैटौँ स्थानमा छ । शृंखलामा सहभागी तेस्रो राष्ट्र पिएनजी पाँच अंकका साथ पुछारमा रहेको छ ।
प्रकाशित मिति: ०८:५० बजे, सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार