Kathmandu Press

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ हुने

नाबालिग किशोरी बलात्कारको अभियोग लागेको सन्दीपलाई उच्च अदालत पाटनले विदेश भ्रमणमा जान नपाइनेसहित पाँच सर्त राखेर २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ हुने

काठमाडौं, फागुन १४ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। अब यो मुद्दाको सुनुवाइ भोलि सोमबार सुनुवाइ हुनेछ।

नाबालिग किशोरी बलात्कारको अभियोग लागेको सन्दीपलाई उच्च अदालत पाटनले विदेश भ्रमणमा जान नपाइनेसहित पाँच सर्त राखेर २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पनि सर्वोच्चमा रिट दिएको थियो।

दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो। तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्देमा रहेको सर्वोच्च अदालत स्राेतले जनाएकाे छ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त बन्द इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो। पीडितको पक्षबाट दुईजना सरकारी वकिल तथा कानुन व्यवसायीहरुले बहस गरेका थिए।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापाले बहस गरेका थिए। यस्तै सन्दीपकै तर्फबाट  कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले पनि बहस गरेका छन्।

बाँकी वकिलहरुले सोमबार बहस गर्नेछन्।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्