Kathmandu Press

मौसम पूर्वानुमान : आजदेखि फेरी बर्षा र हिमपात 

काठमाडौं, पुस २८ : आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हु....

मौसम पूर्वानुमान : आजदेखि फेरी बर्षा र हिमपात 

काठमाडौं, पुस २८ : आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो ।  

पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ ।

तराईका भेगमा भने सोमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।  

पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, पुस २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्