वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक सय १२ अग्निनियन्त्रक खटाउन लागेको हो।सुर्खेत, फागुन १४ : कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक सय १२ अग्निनियन्त्रक खटाउन लागेको हो।
कर्णाली प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअनुसार वन डढेलो नियन्त्रण दस्तानिमार्णका लागि प्रदेशका दश वटै जिल्लामा अग्निनियन्त्रक भर्ना गरी खटाइने छ। उनीहरुले ९० दिनसम्म वनमा डढेलो हुनबाट जोगाउन काम गर्नेछन्।
निर्देशनालयका अनुसार सुर्खेतमा २४, सल्यानमा १६, जुम्ला, दैलेख र जाजरकोटमा १२/१२, रुकुम पश्चिममा आठका साथै कालीकोट, हुम्ला, मुगु, र डोल्पामा भने सात/साता अग्नि नियन्त्रक खटिनेछन्। निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दाहालले आगलागीको जोखिम बढ्दै गएको र चैत, वैशाख तथा जेठमा आगलागीका घटना बढ्ने भएकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यमा जोड दिइने बताए।
उनले अग्नि नियन्त्रकलाई आवश्यक तालिम दिएर सुरक्षा सामग्रीसहित परिचालन गरिने जानकारी दिए। चैत, वैशाख र जेठमा कर्णालीमा वन डढेलोका घटनाले जनधनको क्षति हुनसक्ने भएकाले न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिने बताइएको छ।