Kathmandu Press

यस्तो छ एक अफगानी अनपढ बुबाको नाममा बनेको विद्यालयको कथा 

अफ्गानिस्तानमा एक जना अनपढ स्थानीयको नाममा स्कूल बन्दैछ। नजिकको विद्यालय १२ किलोमिटर टाढा छ। छोरीलाई त्यो विद्यालय पुर्‍याउन ती बुवा सधैं १२ किलोमिटर ओहोरदोहोर गर्....

यस्तो छ एक अफगानी अनपढ बुबाको नाममा बनेको विद्यालयको कथा 

अफ्गानिस्तानमा एक जना अनपढ स्थानीयको नाममा स्कूल बन्दैछ। नजिकको विद्यालय १२ किलोमिटर टाढा छ। छोरीलाई त्यो विद्यालय पुर्‍याउन ती बुवा सधैं १२ किलोमिटर ओहोरदोहोर गर्ने गरेको अफ्गानी सरकारले जनाएको छ।

पाकतिका प्रान्तको शरानावासी ६३ वर्षिया मियाँ खान अहिले सामाजिक सञ्जालमा भाइरल छन्। उनी छोरीहरूलाई डाक्टर बनाउन चाहन्छन्। आफ्नो क्षेत्रको बालिका मात्रै पढ्ने एउटा विद्यालयमा छोरी पुर्‍याउन उनी त्यति लामो दुरी आउजाउ गर्छन्।

शिक्षा मन्त्रालयले खानलाई “शिक्षाका हिरो” बताउँदै उनको गाउँमा विद्यालय बनाउने वक्तव्य निकालेको छ। शिक्षा मन्त्री मिरवाइस बल्खीले खानलाई आफ्नो कार्यालयमा बोलाए। अफ्गानिस्तानमा विशेष गरी दुर्गम क्षेत्रमा बालिका शिक्षा सम्बन्धी बाधाहरू पार गर्न उनको प्रयास उत्प्रेरणा भएको उनले बताए।

खान मुटुरोगी हुन्। कहिलेकाँही मोटरसाइकलमा जाने भए पनि प्रायः हिँडेरै छोरीलाई विद्यालय पुर्‍याउन जाने गरेको उनले बताए। उनीहरूको पढाइ नसकुञ्जेल विद्यालयबाहिर पर्खिने र छोरीलाई सँगै घर लिएर जाने गरेको उनले बताए।

बालिका शिक्षा अफ्गानिस्तानको जल्दोबल्दो मुद्दा हो। संयुक्त राष्ट्र संघले जनाए अनुसार अफ्गानिस्तानका ३७ लाख बालबालिका विद्यालय जाँदैनन्। तीमध्ये ६० प्रतिशत बालिका छन्।

सुरक्षा र लगानीको अभावका कारण दुर्गमा क्षेत्रमा शिक्षा सेवा विस्तार गर्नु सरकारको चुनौती बनेको छ। त्यसैले केही अफ्गानी नागरिकले आफैं प्रयास गर्छन्।

अफ्गानिस्तानको डाइकुन्डी प्रान्तका वृद्ध शा युनुस खानले आफ्नै जमिनमा एउटा विद्यालय बनाए। प्रान्तकी सरकारी प्रवक्ता सकिना एहसानीले सो विद्यालयका करिब १२० जना विद्यार्थी पढाउनलाई ती वृद्धले नै शिक्षक राखेको बताइन्।
 

प्रकाशित मिति: ०६:४७ बजे, सोमबार, पुस २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्