Kathmandu Press

रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

रोनाल्डोको ह्याट्रिक मद्दतमा साउदी प्रो लिगमा अल नासर विजयी भएको छ। शनिबार राति भएको खेलमा पहिलो हाफमै रोनाल्डोले ह्याट्रिक गरेपछि अल नासरले दमाक एफसीलाई ३-० ले हरायो।
रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

काठमाडौं, फागुन १४ : पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। गत जनवरीमा सबैलाई आश्चर्यमा पार्दै कीर्तिमान रकमा साउदी पुगेका रोनाल्डोले पछिल्ला ३ खेलमा २ ह्याट्रिक गरेका छन्।

रोनाल्डोको ह्याट्रिक मद्दतमा साउदी प्रो लिगमा अल नासर विजयी भएको छ। शनिबार राति भएको खेलमा पहिलो हाफमै रोनाल्डोले ह्याट्रिक गरेपछि अल नासरले दमाक एफसीलाई ३-० ले हरायो।

१८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले अल नासरलाई अग्रता दिलाए। २३औं मिनेट रोनाल्डोले नै अग्रता दोब्बर बनाए। यस्तै, ४४ औं मिनेटमा रोनाल्डोले अल नासरमा आफ्नो दोस्रो ह्याट्रिक पुरा गरे। 

यो रोनाल्डाको करिअरको ६२औं ह्याट्रिक हो। ३८ वर्षीय रोनाल्डोले रियल मड्रिडका लागि सर्वाधिक ४४ ह्याट्रिक गरेका छन् भने पोर्चुगलका लागि १०, म्यान्चेस्टर युनाइटेड र युभेन्ट्सका लागि समान ३ ह्याट्रिक गरेका छन् । 

रोनाल्डोले अल नासरका लागि ६ खेलमा ८ गोल गरेका छन्। जसमध्ये पछिल्ला ३ खेलमा मात्रै ७ गोल गरेका छन्।

यो जितसँगै अल नासरले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ। उसले १८ खेलमा ४३ अंक जोड्दा दोस्रो स्थानको अल इतिहातको समान खेलमा ४१ अंक छ। दमाक २२ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति: ०८:२० बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्