लेस्टरमाथि आर्सनलको जित
शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटी माथि १-० को जित निकाल्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफका सुरुआतमै आर्सनलले अग्रता लियो।
काठमाडौं, फागुन १४ : ब्राजिलियन युवा स्ट्राइकर ग्याब्रिअल मार्टिनेलीको गोल मद्दतमा लिग लिडर आर्सनल विजयी भएको छ।
शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटी माथि १-० को जित निकाल्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफका सुरुआतमै आर्सनलले अग्रता लियो।
४६औं मिनेटमा मार्टिनेलीले अलसान्द्रो ट्रोसार्डको पासमा गोल गरेका थिए। खेलमा त्यसपछि गोल नहुँदा शीर्ष स्थानको आर्सनलले महत्वपूर्ण तीन अंक जोड्यो। जितसँगै २४ खेलमा ५७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ।
शीर्ष स्थानमा उसले एक खेल बढी खलेको म्यान्चेस्टरसिटीसँग २ अंकको अग्रता बनाएको छ। लेस्टर २४ अंकसहित १४ औं स्थानमा छ।
शनिबार नै भएको अन्य खेलम लिड्सले साउथ ह्याम्पटनलाई १-०ले हराउँदा वेस्टहमले नटिङहम फरेस्टलाई ४ ०ले हरायो। यस्तै, एस्टनभिल्लाले एभर्टनलाई २-० ले हरायो।
प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार