Kathmandu Press

महरा प्रक्ररणमा पीडित महिलाको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक झिकाउन आदेश

काठमाडौं, पुस २७ : काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकि....

महरा प्रक्ररणमा पीडित महिलाको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक झिकाउन आदेश

काठमाडौं, पुस २७ : काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश गरेको छ। 

आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले डाक्टरलाई बयानका लागि झिकाउने आदेश गरेको हो। आदेशमा प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउन निर्देशन भएको छ । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ।

संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि उनले अदलालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको भनी बयान फेरिकी थिइन् । उक्त मुद्दमा अदालतको आदेशमा महरा हाल पुर्पक्षका लागि थुनामा छन्।

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्