Kathmandu Press

पूर्वडिएफओ सहित १३ जनाविरुद्ध डेढ करोडको भष्टचार मुद्दा 

काठमाडौं, पुस २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुख गैरकानुनी रुपमा काटेर विक्री गरेको आरोपमा तत्कालीन मकव....

पूर्वडिएफओ सहित १३ जनाविरुद्ध डेढ करोडको भष्टचार मुद्दा 

काठमाडौं, पुस २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुख गैरकानुनी रुपमा काटेर विक्री गरेको आरोपमा तत्कालीन मकवानपुरका डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत (डीएफओ) राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामवावु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्कीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेमाथि पनि मुद्दा दायर गरेको छ। 

९ हजार १७८ क्यूफिट काठ तत्कालीन गढी इलाका, सेक्टर, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडाका कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना विपरित हरिया साल तथा अस्ना जातका रुखहरु काटेको पारेर एक करोड ५२ लाख १९ हजार ३२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्