Kathmandu Press

आयोजक टोली केपी ओली एफसी सेमिफाइनलमा

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो।
आयोजक टोली केपी ओली एफसी सेमिफाइनलमा

काठमाडाैं, माघ १३ : आयोजक टोली केपी ओली एफसीले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा केपी ओली एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु, र अनिल महर्जनले गोल गरे। जवालाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गरे। तर, जावलाखेलका एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले बचाए।

पेनाल्टी अघि खेलको ४२ औं मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६८ औं मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। अब आयोजक टोलीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १४:४० बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्