Kathmandu Press

देव र अर्जुनको शतकमा कुवेतलाई नेपालले दिए ३४४ रनको लक्ष्य

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ३४३ रन बनायो। नेपालका लागि देव खनालले सर्वाधिक १२५ रन बनाए भने अर्जुनले १०८ रन बनाए।
देव र अर्जुनको शतकमा कुवेतलाई नेपालले दिए ३४४ रनको लक्ष्य

काठमाडाैं, माघ १३ : कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको शतक मद्दतमा यू–१९ विश्वकपको एसिया क्षेत्रको छनोटको दोस्रो नेपाले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ३४३ रन बनायो। नेपालका लागि देव खनालले सर्वाधिक १२५ रन बनाए भने अर्जुनले १०८ रन बनाए।

देवले ११७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १२५ रन बनाए भने ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए।

यस्तै, विशाल विक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दीपक डुम्रेले १६ बलमा २० रन बनाए।

कुवेतका हेनरी थोमस र अर्षसाहिल काज्मीले समान २ विकेट लिए।

प्रकाशित मिति: १४:३६ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्