प्रधानमन्त्रीलाई सांसदको प्रश्न, ‘बालुवाटार जग्गा कहाँ पुग्यो?’
काठमाडौं, पुस २७ : राष्ट्रिय सभा सांसद विन्दादेवी आलेले बालुवाटार, ललिता निवास जग्गा प्रकरणबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन्।
....काठमाडौं, पुस २७ : राष्ट्रिय सभा सांसद विन्दादेवी आलेले बालुवाटार, ललिता निवास जग्गा प्रकरणबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन्।
आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै आलेले राज्यका तीन वटा निकायले अनुसन्धान गरेको बालुवाटार जग्गा के भयो भन्दै प्रश्न गरेकी हुन्। ‘तीन तीन वटा निकायले अनुसन्धान गरेको ललिता निवासको जग्गा विवादको प्रतिवेदन कहाँ छ, यो विषयमा सरकारले संसदलाई जवाफ दिनुपर्दैन?’
नेकपामा महासचिव विष्णु पौडेलको नाम समेत जाडिएको शक्तिशाली नेता, व्यावसायीदेखि पूर्व प्रधानमन्त्रीहरू समेत तानिएको ललिता निवास क्याम्पभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषयमा अनुसन्धान गर्न सरकारले तीन वटा निकायलाई जिम्मा दिएको थियो। तर अहिलेसम्म पनि जग्गा फिर्ता गर्ने विषयमा कुनै प्रक्रिया अघि बढेको छैन्।
२०७५ फागुनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको थियो।
तर तीन पटक म्याद थप गर्दा पनि अनुसन्धान टुँगिएको छैन । असार, भदौ र मंसिरमा म्याद थप भएको थियो।











