Kathmandu Press

बराबरीमा रोकिए वुल्भ्स र फुलमहम

शनिबार राति भएको खेलमा यी दुईले १–१को गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
बराबरीमा रोकिए वुल्भ्स र फुलमहम

काठमाडाैं, माघ १३ : इंग्लिस प्रिमियर लिगमा वुल्भ्स र फुलमहमले बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा यी दुईले १–१को गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

उल्भ्सले २३औं पाब्लो साराबिआको गोलले अग्रता लिएको थियो। तर, ६४औं मिनेमा मानर सोलोमानले गोल गर्दै फुलहमलाई खेलमा फर्काएका थिए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

युरोपा लिग खेल्ने सपना देखिरहेको फुलहम ३९ अंकमा छैटौं स्थानमा छ भने रेलिगेसनबाट बच्न संघर्षरत वुल्भ्स २४ अंकमा १५ औं स्थानमा छ ।

प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्