गोठमा भेटियो साढे पाँच किलो सुन
कञ्चनपुर, फागुन ३ : गोठमा लुकाएको अवस्थामा साढे पाँच किलोग्राम सुन बरामद गरिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज ....
कञ्चनपुर, फागुन ३ : गोठमा लुकाएको अवस्थामा साढे पाँच किलोग्राम सुन बरामद गरिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाएको पाँच किलो ६ सय ग्राम सुन प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बिहीबार राति १ बजे छापा मारी सुन बरामद गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । प्रहरीका अनुसार गोठमा खाल्डो खनेर दुई पोकामा लुकाइएको थियो ।
बरादम गरेको सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यो सुन भारतबाट ल्याएको प्रहरीको अनुमान छ । बिहीबार नै पुनरवास नगरपालिकाको दशरथबस्तीका शङ्कर विकको घरबाट प्रहरीले १८ किलो सुन बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले सुन र पक्राउ गरेका व्यक्तिहरुबारे पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।






