Kathmandu Press

एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बिहान भएको खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।
एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडाैं, फागुन १२ : विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बिहान भएको खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।

निर्धारित समयको खेल १–१ को बराबरी सकिएपछि खेल पेनाल्टीमा गएको थियो। आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरेका थिए। 

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र विक्रम धिमालले गोल गर्दा स्टेफेन जुनियर एनगुमबोउसको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए। 

त्यसअघि ३२औं मिनेटमा लालनुन्जामा कोल्नेको गोलमा एनआरटीले खेलमा सुरुआती अग्रता लिएको थियो। तर ५३औं मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो।

अब आर्मीले फाइनल प्रवेशका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ।

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्