Kathmandu Press

प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगित

काठमाडाैं, पुस २७ : सभामुखका विषयमा नेकपामा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ।

आइतबार दिउसो १ बजे बोलाइएको प्रतिनिधिसभ....

प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगित

काठमाडाैं, पुस २७ : सभामुखका विषयमा नेकपामा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ।

आइतबार दिउसो १ बजे बोलाइएको प्रतिनिधिसभाको सूचना टाँसेर फेरि स्थगित गरिएको हो। माघ ६ गतेसम्मका लागि संसद् बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

सभामुखका विषयमा नेकपामा सहमति जुट्न सकेको छैन। शनिबार नेकपाल सचिवालय बैठकले उपभासमुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको थियो। तर, डा.तुम्बाहाङफेले राजीनामा नदिने अडान राखेकी थिइन्।

जसले गर्दा आइतबार बिहान बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। छलफलमा उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गएिको थियो। तर, उनले ‘राजीनामा दिन्न’ भनेकी थिइन्।

उनले राजीनामा दिन नमानेपछि अध्यक्षद्वयले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेका थिए। यसमा भने उनी सहमत भएकी हुन्।

यस अघि पनि दुई पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर नै स्थगित गरिएको थियो।

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्