Kathmandu Press

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

हेटौंडा, पुस २७ : प्रदेश ३ को नाम वाग्मती अत्यधिक मतले पारित भएको छ।

आइतबारको प्रदेश सभा बैठकमा भएको मतदानमा दुई तिहाईभन्दा बढी सांसदले बागम....

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

हेटौंडा, पुस २७ : प्रदेश ३ को नाम वाग्मती अत्यधिक मतले पारित भएको छ।

आइतबारको प्रदेश सभा बैठकमा भएको मतदानमा दुई तिहाईभन्दा बढी सांसदले बागमतीको पक्षमा मतदान गरेका छन्।

प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा एक सय आठ मत परेको छ। प्रदेश सभामा एक सय १० सदस्य रहेका छन्।

स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्। उनले यो प्रस्तावको विरोध गरेका थिए।

यस अघि प्रदेशको राजधानी मकवानपुरकाे हेटौंडा राख्ने प्रस्ताव पारित भइसकेको छ।

हेटौंडा राजधानी राख्ने पक्षमा एक सय पाँच मत परेको छ। विपक्षमा तीन मत मात्रै परेको छ। प्रदेश सभामा एक सय १० सांसद छन्। दुई तिहाइ बहुमतका लागि ७४ मत चाहिन्छ। आइतबारको बैठकमा एक सय आठ सांसद उपस्थित थिए।

त्यस्तै, काभ्रेको धुलिखेल राजधानी राख्नुपर्ने पक्षमा तीन मत मात्रै आए। विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्तावमा मतदान गरेको छ। सो प्रस्तावलाई प्रदेश सभा बैठकले अस्वीकृत गरेको छ।

प्रदेश सभामा नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तका सांसदले हेटौंडाको पक्षमा मतदान गरेका छन्।

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्