Kathmandu Press

विराटनगर महानगरपालिकाले वितरण गर्याे नगरप्रहरीलाई विद्युतीय साइकल

विराटनगर महानगरपालिकाले वितरण गर्याे नगरप्रहरीलाई विद्युतीय साइकल
Hardik ivf

विराटनगर, फागुन १० : विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन विद्युतीय साइकल वितरण गरेको छ ।
 
प्रारम्भमा तीन थान साइकल वितरण गरिए पनि पछि थप गर्दै जाने महानगरको योजना छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन विद्युतीय साइकल वितरण गरेको हो ।

आज महानगर परिसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई विद्युतीय साइकलको साँचो हस्तान्तरण गरे।

सो अवसरमा प्रमुख कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार विद्युतीय साइकल वितरण गरिएको बताए। उनले नगरप्रहरीलाई जिम्मेवार भएर छिटो छरितोरूपमा काम गर्न निर्देशनसमेत दिए।

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्