प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेस
समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो।
काठमाडाैं, फागुन १० : प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेस संसद बैठकमा पेस भएको छ।
बुधबार बसेको बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले सो प्रतिवेदन पेश गरेका हुन्। प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउन २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो। समितिलाई १५ दिनको समयावधि तोकिएको थियो।
समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो।
समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो। प्रतिनिधिसभा बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथि बिचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बोलाइएको छ।
प्रकाशित मिति: १८:०८ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












