Kathmandu Press

हुन्डी कारोबार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय  विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ।
हुन्डी कारोबार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन १० : हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय  विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ।

कुलेश्वरमा हुन्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो।

उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका दुईवटा चेक फेला परेको प्रहरीले जनाएको छ।

उनी हुन्डी कारोबार गरेको आरोपमा यसअघि पनि पक्राउ परी राजस्व छलीसम्बन्धी कसुरमा अनुसन्धान गरिएका व्यक्ति रहेको जनाइएकाे छ।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्