Kathmandu Press

ग्लोबल आइएमई बैंकबाट लुटियाे ९ लाख रुपैयाँ

लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
ग्लोबल आइएमई बैंकबाट लुटियाे ९ लाख रुपैयाँ

जकपुरधाम, फागुन १० : सिरहाकाे मिर्चैयामा रहेकाे ग्लोबल आइएमई बैंकबाट ९ लाख रुपैयाँ लुटिएको छ।

आज (बुधबार) दिउँसो ३ बजे ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे छ।

Hardik ivf

मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा कर्मचारीबाट मिर्चैयाको बसहा पुलमा चारजनाको अज्ञात समूहले रकम लुटेको प्रहरीको भनाइ छ।

लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्