ग्लोबल आइएमई बैंकबाट लुटियाे ९ लाख रुपैयाँ
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जकपुरधाम, फागुन १० : सिरहाकाे मिर्चैयामा रहेकाे ग्लोबल आइएमई बैंकबाट ९ लाख रुपैयाँ लुटिएको छ।
आज (बुधबार) दिउँसो ३ बजे ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे छ।
मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा कर्मचारीबाट मिर्चैयाको बसहा पुलमा चारजनाको अज्ञात समूहले रकम लुटेको प्रहरीको भनाइ छ।
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:४८ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










