आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्ने टोलीकाे बिदाइ
बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे।
काठमाडाैं, फागुन १० : युएईमा आयोजना हुने आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे।
बिदाइ कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगाएत सबैले पनि उचिकै मेहनत गरिरहेको बताए। आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ।
त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू–१९को मनोवल बढेको बताए। उनले दवावरहित तरिकाले प्रदर्शन गर्न आग्रह गरे।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ। प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ। प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।
राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपका लागि छनोट हुनेछ।