Kathmandu Press

पोखरामा आजदेखि गल्फ प्रतियोगिता

पोखरामा आजदेखि गल्फ प्रतियोगिता

कास्की, फागुन १० : कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो ।

माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी सहभागी हुने एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए। 

यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर आठ लाख पुर्‍याइएको छ । प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले  ६७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।   

प्रकाशित मिति: १०:३४ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्