Kathmandu Press

भद्रपुर–झापा गोल्डकपमा चर्च ब्वाइजले पुलिसलाई हरायो

सोमबार मेची रंगशालामा भएको चर्च ब्बाइज विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हरायो।
भद्रपुर–झापा गोल्डकपमा चर्च ब्वाइजले पुलिसलाई हरायो

काठमडाैं, माघ ८ : पहिलो संस्करणको भद्रपुर–झापा गोल्डकपमा चर्च ब्बाइज विजयी भएको छ। सोमबार मेची रंगशालामा भएको चर्च ब्बाइज विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हरायो।

जिससँगै चर्च ब्वाइजले क्वार्टरफाइनलमा प्रवेश गरेको छ। चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे ।

४०औं मिनेटमा गगनदीपको गोलमा चर्च ब्बाइजले अग्रता लियो। पहिलो हाफमा १ गोल गरेको चर्च ब्बाइजले दास्रो हाफमा थप २ गोल गरेको थियो। आशिषले ५६औँ र ६०औँ मिनेटमा गोल गरे । त्यसपछि गोल नहुँदा चर्च ब्बाइज विजयी भयो।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।

अब चर्च ब्वाइजले क्वार्टरफाइनलमा बुधबार लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ।

मंगलबारको पहिलो क्वार्टरफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुनेछ ।

प्रकाशित मिति: १९:२७ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्