Kathmandu Press

स्कटल्याण्डद्वारा नामिबिया ४३ रनले पराजित

काठमाडौंको कीर्तिपुरस्थीत टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो। स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो।
स्कटल्याण्डद्वारा नामिबिया ४३ रनले पराजित

काठमाडौं, फागुन ८ : काठमाडौंमा जारी आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थीत टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो। स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो।

नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय ईनिङ खेले। कप्तान ग्रेहार्ड इरास्मसले ४३ तथा जेन ग्रिनले २५ रन बनाए।  

स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए। ब्राण्डन म्याकमुलानले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको थियो।

स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ४७ रन बनाए। टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ रन बनाए।

सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ। नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ। 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्