Kathmandu Press

अख्तियार आयुक्त पाठकलाई राजीनामा गर्न नेकपाको दबाब

काठमाडौं, फागुन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घूस खाएको भिडियो सार्वजनिक भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि रा....

अख्तियार आयुक्त पाठकलाई राजीनामा गर्न नेकपाको दबाब

काठमाडौं, फागुन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घूस खाएको भिडियो सार्वजनिक भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि राजीनामाका लागि दबाब दिएको छ । आजसम्म राजीनामा नदिए महाभियोग दर्ता गर्ने भन्दै नेकपाले दबाब दिएको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङले काठमाडौंप्रेससँग भने, “हामी राजीनामा दिनुहोला भन्ने प्रतीक्षामा छौँ । उहाँको राजीनामा कुरिरहेका छौँ ।”

यदि आज पनि राजीनामा दिनु भएन भने के गर्ने भन्ने जिज्ञासामा गुरूङले भने, “त्यत्तिको घटना सार्वजनिक भएपछि त राजीनामा दिनु होला नि ! आज राजीनामा दिनु भएन भने त अवश्यै महाभियोगको बाटो हो । हामी त्यसको पनि तयारीमा छौँ ।”

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजसम्बन्धी विवाद सल्टाउन भनि आयुक्त पाठकले पटक–पटक गरी ७८ लाख रूपैयाँ घूस बुझेको उनले स्वीकार गरेको भिडियो रेकर्ड सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: १०:२० बजे, शुक्रबार, फागुन ३, २०७५