टर्कीमा गएकाे भूकम्पमा परी घानाका फुटबलरकाे मृत्यु

काठमाडाैं, फागुन ६ : टर्कीको भूकम्पमा घानाका फुटबलर क्रिस्टियन अत्सुको मृत्यु भएकाे छ। शनिबार उनको मृत शरीर भग्नावशेषबाट निकालिएको हो ।
फेब्रुअरी ६ मा गएको भूकम्पमा हतायस्थित उनी बसेको भवन भत्किँदा उनी सम्पर्कविहीन रहेका थिए। शनिबार उद्धार टोलीले ३१ वर्षीय अत्सुको मृत शरीर भग्नावशेषबाट निकालेको जनाएको छ ।
इङ्लिस प्रिमियर लिग क्लब एभर्टन, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेलेपछि अत्सु गत वर्ष सेप्टेम्बरमा ह्याटेस्पोरमा आबद्ध भएका थिए।
घानाको राष्ट्रिय टोलीका खेलाडी अत्सुको मद्दतमा २०१५ मा अफ्रिका कप फाइनलमा पुर्याएका थिए । यस्तै उनी २०१९ मा घानाका लागि खेल्नका लागि छनोट भएका थिए ।
टर्कीमा गत साता गएको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । हजारौं मानिस घाइते हुनुका साथै थुप्रै बेपत्ता छन् ।
प्रकाशित मिति: १९:०४ बजे, शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












