आईसिसी विश्वकप लिग २ : नेपालको लगातार तेस्रो जित, आसिफ, ज्ञानेन्द्र र कुशलको अर्धशतक
शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेमला आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले नामिबियामाथि ३ विकेटको जित निकाल्यो।
काठमाडाैं, माघ ६ : आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेमला आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले नामिबियामाथि ३ विकेटको जित निकाल्यो।
यसअघि नेपालले लगातार तेस्रो खेलमा २७५ रनको लक्ष्य पछ्याएको हो। शनिबार पहिला ब्याटिङ गर्दै नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ८१ रन बनाए। उनले ९८ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १३९ रनको उत्कृष्ट साझेदारी गरे।
यस्तै, कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ४३ बलमा ३९ रन बनाए। यी दुईले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

नामिबियाका लागि रुवेन तेरुपेलमनले ३ तथा ब्रेनार्ड स्कोल्ट्जले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटि ङ गरेको नामिबियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनायो। नामिबियाका लागि जान ग्रीनले सर्वाधिक ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै, पिकी या फ्रान्सले ३९ बलमा ४९ रन बनाउँदा लोहान्ड्रेले ४१ रन बनाए।
यस्तै, रुबेलन त्रुम्पेलमनले २४, मिचेल भान लिगेनले २२ र कार्ल बिर्केन्सट्रोकले २० रन बनाए।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। उलने १० ओभरमा ४६ रन खर्चिए । यस्तै, करण केसीले १ विकेट लिए।











