Kathmandu Press

ज्ञानेन्द्र मल्लले ६४ बलमा पूरा गरे अर्धशतक

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन्।
ज्ञानेन्द्र मल्लले ६४ बलमा पूरा गरे अर्धशतक

काठमाडौं, फागुन ६ : कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल र नामिबियाबीच खेल भइरहेको छ।

आइसिसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत भइरहेको साे खेलमा नेपालका ज्ञानेन्द्र मल्लले ६४ बलमा अर्धशतक पूरा गरे।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन्।

त्यसैगरी सोही खेलमा नेपालका आशिफ शेखले अर्धशतक पूरा गरेका छन्। नेपालको ओपनिङ बलिङमा आएका आशिफले ५० रन पूरा गरेका हुन्।

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

यो सिरिजमा नेपालले यसअघिका दुवै खेल जितेको थियो भने नामिबिया सिरिजमा पहिलो जितको खोजीमा छ।

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्