नामिबियाले दियो नेपाललाई २७५ रनको लक्ष्य
शनिबार टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनायो।
काठमाडाैं, माघ ६ : आईसिसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
शनिबार टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनायो।
नामिबियाका लागि जान ग्रीनले सर्वाधिक ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै, पिकी या फ्रान्सले ३९ बलमा ४९ रन बनाउँदा लोहान्ड्रेले ४१ रन बनाए।
यस्तै, रुबेलन त्रुम्पेलमनले २४, मिचेल भान लिगेनले २२ र कार्ल बिर्केन्सट्रोकले २० रन बनाए।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। उलने १० ओभरमा ४६ रन खर्चिए । यस्तै, करण केसीले १ विकेट लिए।
यो सिरिजमा नेपालले यसअघिका दुवै खेल जितेको थियो भने नामिबिया सिरिजमा पहिलो जितको खोजीमा छ।
प्रकाशित मिति: १२:५७ बजे, शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











